जनकपुरधाम । भारत सरकारले आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री निर्मला सितारमणले सोमबार पहिलोपटक ट्याबलेटबाट बजेट पेस गरेकी छन् । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको डिजिटल कपी दिइएको थियो ।
बजेट भाषणको क्रममा सितारमणले भारतले एकसयभन्दा धेरै मुलुकलाई कोरोना खोप दिने बताएकी थिइन् । कोरोना महामारी अहिले विश्वभर फैलिएको अवस्थामा भारतले खोपका लागि ३ खर्ब ५० अर्ब भारु छुट्याएको छ । भारतले यस वर्षको स्वास्थ्य बजेट १३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पु¥याएको छ ।
भारतले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाउँदै ७४ प्रतिशत पु¥याउने बताएको छ । साथै सरकारी बैंकहरुलाई दुई खर्ब राहत दिने निर्णय गरेको छ । त्यस्तै वायुप्रदूषण नियन्त्रणको लागि २२ अर्ब १७ करोड भारु छुट्याइएको छ । त्यस्तै सन् २०२२ सम्म किसानहरुको आम्दानी दोब्बर बनाउने भारतको योजना छ ।
भारतले आत्मनिर्भर अभियानलाई पनि यस वर्षको बजेटमा जोड दिएको छ । त्यसका लागि सरकारले त्यसको स्वरुपमा सुधारको कार्यलाई बढाएको छ । भारतको आत्मनिर्भर स्वस्थ भारतक योजनाको लागि ६ वर्षमा ६ खर्ब ४१ अर्ब ८० करोड भारु छुट्याएको छ ।
भारतले नेपाललाई दिने वाषिर्क अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्तमन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रिय बजेटअनुसार नेपालले पाउने वाषिर्क अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब १२ करोड भारु ९१ अर्ब ८९ करोड रुपैयाँले बढेको छ ।
भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु ९१५ अर्ब ८७ करोड रुपैयाँ प्राप्त गर्ने भएको छ ।
यसअघि भारतले आव २०२०/२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९/२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।
गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । तर, आज सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदानमा वृद्धि भएको हो ।
यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने छ । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।
भारतले विभिन्न मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा ठूलो रकम भूटानलाई छुट्टयाउने गरेको छ । यो रकममा समेत भारतले उल्लेख वृद्धि गरेको छ । आंकडा अनुसार आव २०२१/२२ मा भूटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउने छ ।
चालु आव २०२०/२१ मा भने भुटानले २२ अर्ब ६१ करोड पाएको थियो । त्यसअगाडिको आवमा भने २६ अर्ब ६७ करोड रुपैयाँ भारु भुटानलाई भारतले दिएको थियो । यो वर्ष अनुदानका रुपमा भुटानपछि नेपालले बढी अनुदान पाएको छ ।
भारतले घोषणा गरेको छिमेकी मुलुकलाई दिने अनुदान
भुटान : ३० अर्ब ४ करोट
नेपाल : ९ अर्ब ९२ करोड
म्यानमार : ४ अर्ब
अफगानिस्तान : ३ अर्ब ५० करोड
माल्दिभ्स : २ अर्ब ५० करोड
बंगलादेश : २ अर्ब
श्रीलंका : २ अर्ब
चौतर्फी प्रशंसा
नेता चिराग पासवानले सरकारले एक सन्तुलित बजेट पेश गरेको बताए । उनले भने,‘कोरोनाका कारण भारत मात्र नभई पुरा विश्व प्रभावित छ । त्यसपश्चात पनि बजेटमा हरेक वर्गलाई ध्यानमा राखिएको छ । यस महामारीमा यस भन्दा सन्तुलित बजेट हुनै सक्दैन् ।’
त्यस्तै रक्षामन्त्री राजनाथ सिंहले भने,‘जनतालाई विश्वास पनि थिएन कि यस प्रकारको बजेट पेश हुनेछ । किनभने यसअघि पनि पाँच मिनी बजेट पेश भईसकेको छ ।’उनले यसपटक धेरै प्याकेजको घोषणा गरिएको बताए । जसमा आत्मनिर्भर भारत यसको हिस्सा छ । यस बजेटको जति प्रशंसा गरेपनि कम हुनेछ । रक्षा क्षेत्रको बजटमा समेत बढ़ोत्तरी भएको उनले बताए ।
त्यस्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बजेटमा समाजका हरेक तप्काका लागि धेरै प्रावधान गरिएको बताए । उनले भने,‘यसमा देशको इंफ्रास्ट्रक्चरको विकासका लागि जे प्रयास भएको छ र स्वास्थ्य क्षेत्रमा बदलाव ल्याउने जस प्रकारको कार्ययोजना बनाईएको छ त्यो अभिनन्दनीय छ । यो बजेट महत्वपूर्ण र व्यवहारिक छ ।’
प्रतिक्रिया