ताजा समाचार


ओलीलाई निष्काशन गर्ने दाहाल–नेपाल समूहको बैठकको एजेण्डा

द रियल समाचार     २०७७ माघ १९, सोमबार, १४: ५३ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आज बसेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका एजेण्डाहरु प्रस्तुत गरेका छन् ।

छलफलका एजेण्डाका रुपमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशित गर्ने प्रस्ताव तय गरिएको छ । यसैगरी शहिदप्रति श्रद्धाञ्जली, वर्तमान स्थितिको जानकारी, निर्वाचन आयोगबारे, संघर्षका कार्यक्रम र विविध एजेण्डा तय गरिएको हो ।

संसद विघटनको विरोधमा दाहाल–नेपाल समूहले देशभर आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top