सर्लाही । सर्लाही घर भएकी एक किशोरीलाई जबरजस्ती करणी गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।
सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
गत १४ गते दिउँसो किशोरीकै कोठामा पसेर डर, धम्की दिई जबरजस्ती करणी गरी फरार रहेको भन्दै किशोरीले १६ गते महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएपछि प्रहरीले तजलेको खोजी सुरु गरेको थियो ।
तस्बिर : सांकेतिक
प्रतिक्रिया