काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।
अधिवक्ता समिर हायुले सोमबार मुद्दा दायर गरेका हुन् । यस मुद्दाको पेसी मंगलबारका लागि तोकिएको छ । अधिवक्ता हायुले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका हुन् ।
प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकले रिटमा जिकिर गरेका छन् ।
सर्वोच्च अदालतमा हाल प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ ।
यसअघि परेको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ । अदालतले उनीहरूलाई सात दिनभित्र लिखित जवाफसहित आाफैँ उपस्थित हुन आदेश दिएको छ ।
प्रतिक्रिया