ताजा समाचार


मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.रामकेवल साह नियुक्त

द रियल समाचार     २०७७ माघ १८, आईतवार, १६: १९ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएको छ ।

प्रतिष्ठानको उपकुलपतिमा डा.रामकेवल साह, रजिष्टारमा डा.विनोद यादव र रेक्टरमा डा.अंकुर साहलाई नियुक्त गरिएको हो । प्रतिष्ठानको कुलपति मुख्यमन्त्री रहने व्यवस्था छ ।

मुख्यमन्त्री निवासमा आईतबार आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेशको गौरवको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि खुशीको दिनको रुपमा रहेको बताए । नवनियुक्त पदाधिकारीहरुका लागी अवसर र चुनौती दुबै रहेको बताउँदै मुख्यमन्त्री राउतले यस वर्षदेखि एकेडमिक शेसनहरु सञ्चालन हुने विश्वास व्यक्त गरे ।

प्रादेशिक अस्पताल जनकपुरधामलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ । कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।

प्रदेश सरकारले गत कातिक २ गते प्रदेशसभाबाट पारित गराएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुख तिलक परियारले कातिक २५ गते संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top