ताजा समाचार


युवा शक्तिको निर्माण अहिलेको आवश्यकता : नेता लाल

द रियल समाचार     २०७७ माघ १८, आईतवार, १४: ४७ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले जनता समाजवादी सम्बद्ध युवाहरुलाई एकत्रित गरेर युवा शक्तिको निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जसपा निकट राष्ट्रिय युवा संघद्धारा आईतबार जनकपुरधाममा आयोजित युवा समायोजन अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता लालले सिमांकिकरणमा परेका मधेशी, आदिवासी, जनजाती, मुस्लिम, थारु, दलित समुदाय एकजुट भए देशमा वाञ्छित राजनीतिक शक्तिको निर्माण हुने दाबी गरेका छन् । उनले देशमा एउटै राजनीतिक शक्तिको निर्माण गर्न सबैसँग एकजुट हुन आग्रह समेत गरे ।

आफुभित्र रहेको अहमबादलाई परित्याग गर्न सबैसँग आग्रह गर्दै नेता लालले अहिलेको अवस्थामा आन्तरिक लोकतन्त्रको स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए । युवाहरु परिवर्तनको बाहक रहेकोले देश निर्माणमा जुट्न सबै आन्दोलनका कमाण्डरहरुलाई आग्रह गर्दै उनले युवाहरुले नै देशलाई बदल्न सक्ने धारणा राखे । उनले भने,‘तपाईहरु देश परिवर्तनको लागि अगाडी बढ्नुस, हामी पछाडी पछाडी साथ दिन तयार छौं ।’

अर्को प्रसङ्गमा बोल्दै नेता लालले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग नरहेकोले यो उनको असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको जिकिर गरे । उनले देशको कुनैपनि नागरिक प्रधानमन्त्री ओलीको यस कदमबाट सन्तुष्ट नरहेको बताए । उनले भने,‘बामपन्थी आन्दोलनले नेपालमा कुनै फायदा नभई अहिलेसम्म जर्बजस्त नोक्सानहरु हुँदै आएको छ । बामपन्थी आन्दोलन राष्ट्रकोप्रति विद्रोहको रुपमा कम र जनताको बिचमा हत्या र हिंसाको पर्याय रह्यो ।’ देशमा आतंकको संस्कृति फैलाउने मुल जडो समेत बामपन्थी आन्दोलन नै रहेको उनको आरोप थियो ।

बामपन्थीहरुले देलमा परिवर्तनको कुरा गरेपनि कार्यान्वयमा अहिलेसम्म केहि ल्याउन नसकेको नेता लालको जिकिर थियो । सत्ताप्राप्ती मात्र बामपन्थीहरुको लक्ष्य रहेको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top