कञ्चनपुर । कञ्चनपुरबाट नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालिका-८ स्थित पचुँइबाट नक्कली नेपाली नोटसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लालझाडी गाउँपालिका-१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह राना रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नक्कली नोट बनाउने सामग्री र नोटसहित शनिबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।
उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट एक हजार दरको पाँच, मोबाइल दुई थान, नगद १६० रुपैयाँ, मोटरसाइकलको लाइसेन्स र ब्लुबुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ ।
प्रतिक्रिया