सर्लाही । सर्लाहीमा एक बालिकाको १४ वर्षको उमेरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका-७ बस्ने प्रेमनाथ महतोकी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि मेची-महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीहरुको पहलमा रोकिएको छ ।
संस्थाकी संयोजक रमा काफ्लेले १४ वर्षीया बालिकाको लालबन्दी-१७ बस्ने रामनरेश महतोसँग विवाहको तयारी भईरहेको आफुहरुलाई जानकारी प्राप्त भएपछि रोक्ने पहलमा जुटेको बताइन् ।
संस्थाकी सह-संयोजक अञ्जना पन्त कडरियाले भनिन्,‘बेटी पढाउ, बेटी बचाउ’ अभियान चलिरहेको यस प्रदेशमा नै नाबालिकाको विवाह हुनु दुःखद् हो ।’
बालिकाले आफु अध्ययन गर्न चाहेपनि उनको पारिवारिक स्थिति नाजुक रहेकोले विवाह गर्न लागेको बताइएको छ ।
प्रतिक्रिया