सप्तरी । सप्तरीमा आफ्नै छिमेकी एक महिलालाई जबरजस्ती करणीको प्रयास गरेका एक युवक पक्राउ परेको छ ।
जिल्लाको रूपनी गाउँपालिका वडा नम्बर-३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई पक्राउ गरिएको हो ।
गत कात्तिक ६ गते राति शौच गर्न आफु घरबाहिर गएको बेला नरेशले आफुलाई जबरजस्ती करणीको प्रयास गरेको ति महिलाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भएपनि सो युवक फरार रहेकाले खोजतलासका क्रममा करिव साढे दुई महिना पश्चात उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
पक्राउ गरिएका माथि आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको उनले बताए ।
प्रतिक्रिया