सप्तरी । सप्तरीमा एक महिला आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
शनिबार बिहान राजविराज नगरपालिका–९ मलेठस्थित कोलहटमा २७ वर्षिया निलमदेवी यादवको शव आफ्नै कोठाको सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेको हो ।
चुल्होमा खाना बसालेर कोठा भित्र छिरेकी उनी चुकुल लगाएर आत्महत्या गरेको स्थानीयले बताएका छन् । कोठा भित्र छिरेकी उनी धेरै बेरसम्म बाहिर ननिस्केपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाउँदा निलम सिलिङ फ्यानमा कपडा बाँधेर पासो लगाएको अवस्थामा भेटिएकी थिइन् । बैदेशिक रोजगारमा रहेका उनका पति रामचन्द्र केही दिनअघि मात्र घर फर्केका थिए । घटनाको अघिल्लो राती काम विशेषले बाहिर गएका उनी शनिबार बिहान घर पुग्दा पत्नि कोठाभित्र झुन्डिएको देखेका थिए ।
रुपनी गाउँपालिका–२ रायपुर माइती घर भएकी निलमको चारवर्ष अघि रामचन्द्रसँग विवाह भएको थियो । माइतीपक्षले भने घटना रहस्यमय भएको भन्दै सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
मृतकको शवलाई आवश्यक प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा पु¥याइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए ।
प्रतिक्रिया