ताजा समाचार


भारतले नेपाललाई थप एकसय मेगावाट बिजुली दिने

द रियल समाचार     २०७७ माघ १७, शनिबार, १६: ५१ मा प्रकाशित




काठमाण्डौ । भारत सरकारले नेपाललाई थप एकसय मेगावाट बिजुली दिने भएको छ ।

ऊर्जासम्बद्ध नेपाल–भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्केवर–मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप एकसय मेगावाट बिजुली दिन सहमत भएको हो । यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ ।

जाडो मौसमका कारण अहिले साँझको सयममा बिजुलीको उच्च माग छ । त्यसलाई धान्न कठीन भएपछि नेपालले थप बिजुली उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको थियो ।

हाल भारतबाट विभिन्न अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० मेगावाटदेखि ७ सय मेगावाटसम्म बिजुली आयात भइरहेको छ । अब त्यो परिमाण ८ सय मेगावाटसम्म पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top