ताजा समाचार


रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष राउत धरौटीमा रिहा

द रियल समाचार     २०७७ माघ १७, शनिबार, १६: १२ मा प्रकाशित





महोत्तरी । रमतेल डाँडा सामुदायिक वन महोत्तरीका अध्यक्ष शेरबहादुर राउतलाई धरौटीमा रिहा गरिएको छ ।

जिल्ला अदालत महोत्तरीले अध्यक्ष राउतलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । वन कार्यालयले रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण तथा वन फँडानी प्रकरणमा मुख्य अभियुक्त मानिएका राउतलाई पुसको दोश्रो साता पक्राउ गरेको थियो । त्यसबेलादेखि उनी प्रहरी हिरासतमा थिए ।

न्यायाधीश दीपक खरेलको इजलासले अध्यक्ष राउतलाई आइतबार २ लाख ५० हजार रुपैयाँ धरौटी राख्न आदेश दिएको थियो । धरौटी बुझाएर अध्यक्ष राउत तारिखमा रिहा भएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जैसवालले जानकारी दिए । ०४३ सालमा वन कार्यालयले रोपेको विरुवा र वन लगाएको जग्गालाई अध्यक्ष राउतले व्यक्तिको जग्गा भएको दाबी गर्दै त्यसलाई काट्न डिभिजन वन कार्यालयमा सिफारिस गरेका थिए । वन प्रकरणमा मुछिएका अन्य २१ जनाविरुद्ध वारेन्ट जारी गर्न अदालतले आदेश दिएको छ ।

डिभिजन वन कार्यालय जलेश्वरले गएको शुक्रबार वनका कर्मचारीसहित २२ जनाविरुद्ध मुद्दा हालेको थियो । रमतेल डाँडा वन प्रकरणमा वनले ६ जनालाई मुद्दामा मुख्यअभियुक्त बनाइएको छ । अनुसन्धान अधिकृत रामसुन्दर साहले वन कार्यालयका सहायक वन अधिकृतसहित ७ कर्मचारी, मालपोत र नापीका १÷१ जना गरि ९ जना कर्मचारीविरुद्ध मुद्दा परेको जानकारी दिए ।

उनले १ जना वडा सदस्य, सामुदायिक वनका अध्यक्ष, २ जना जग्गाधनी, १ जना काठ व्यापारी र सर्जमिन मुचुल्कामा सहीछाप गर्ने अन्य ८ जनासहित २२ जना विरुद्ध पनि मुद्दामा परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top