जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली पर्सी (सोमबार) धनुषाको ढल्केवर आउन लागेका छन् ।
ढल्केवरमा निर्माणाधीन ४०० केभि क्षमता विद्युत सवस्टेशनको समुदघाटन गर्न उनी यहाँ आउन लागेका हुन् । देशकै सबैभन्दा ठूलो सवस्टेशनको समुदघाटन गर्न प्रधानमन्त्री आउने भएपछि मिथिला नगरपालिका र विद्युत प्राधिकरण स्वागतको तयारीमा जुटेको छ ।
प्रधानमन्त्री ओलीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी समेत आउने भएका छन् । मधेशमा राम्रो छवि नभएकाले प्रधानमन्त्री ओलीले अगामी निर्वाचनलाई मध्यनजर गर्दै मधेसी जनतालाई फकाउन समेत यो कार्यक्रममा सहभागी हुन लागेको बताइएको छ ।
प्रतिनिधिसभा विघटन पश्चात नेकपा ओली समुहले उपप्रधानमन्त्री ईश्वर पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, शहरी विकासमन्त्री प्रभु साह, कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, पूर्वमन्त्री रघुवीर महासेठ लगायतका केन्द्रिय नेताहरुलाई मधेसमा खटाएको छ ।
प्रतिक्रिया