ताजा समाचार


बसको ठक्करबाट एक वडासचिवको मृत्यु

द रियल समाचार     २०७७ माघ १६, शुक्रबार, २२: ३० मा प्रकाशित





जनकपुरधाम । धनुषामा बसको ठक्करबाट एक वडासचिवको मृत्यु भएको छ ।

जिल्लाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा शुक्रबार बिहान ना.४ ख १०६९ नम्बरको बसले ठक्कर दिंदा सोही गाउँपालिका वडा नम्बर–१ का वडासचिव ५० वर्षीय शिवचन्द्र यादवको मृत्यु भएको हो ।

बसले यादव सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते यादवलाई उपचारका लागि जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा ल्याएपछि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको छ ।

बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top