ताजा समाचार


नेपाल विद्युत प्राधिकरणका ४ कर्मचारी अख्तियारको फन्दामा

द रियल समाचार     २०७७ माघ १६, शुक्रबार, २१: ४९ मा प्रकाशित




जनकपुरधाम । सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण धनुषाका चारजना कर्मचारीलाई पक्राउ गरेको छ ।

धनुषाको महेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत कर्मचारी जगत नारायण साह, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतोलाई ५ हजार घुस रकम सहित पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले शुक्रबार दिउँसो ३ बजे धनुषाको मिथिला नगरपालिका वडा नम्बर–५ स्थित विश्रामपुरबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुले विश्रामपुरस्थित एक कुखुरा फर्ममा विद्युत जडान गरेवापत सेवाग्राहीसँग गैरकानूनी रुपमा ५ हजार रुपैयाँ घुस लिएका थिए ।

उनीहरुको साथबाट सो रकमसमेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारवाही हुने अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top