ताजा समाचार


क्लिक इन्टरनेशनलले जनकपुरधाममा शैक्षिक सेमिनारको आयोजना गर्दै

द रियल समाचार     २०७७ माघ १६, शुक्रबार, १९: २५ मा प्रकाशित





जनकपुरधाम । शिक्षा क्षेत्रमा काम गर्दै आएको काठमाडौँको क्लिक इन्टरनेशनलले जनकपुरधाममा शैक्षिक सेमिनारको आयोजना गर्न लागेको छ ।

उच्च शिक्षाका लागि विदेशमा पढ्न चाहने विद्यार्थीहरुलाई आकर्षित गर्ने हिसाबले जनकपुरधाममा सेमिनारको आयोजना गर्न लागेको क्लिक इन्टरनेशनलका सञ्चालक गोविन्द खनालले जानकारी दिए । यो सेमिनार शनिबार जनकपुरधाममा आयोजना हुन लागेको हो ।

नेपाली विद्यार्थीहरुमा क्षमता रहेपनि त्यसको प्रतिफल आउन नसकेको बताउँदै खनालले नेपाली विद्यार्थीहरु पनि केही गरेर प्रतिफल दिन सक्छन् त्यो देखाउनकै लागि त्यस्ता विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि बाहिरका विकसित देशहरुमा पठाउने गरेको बताए । उनका अनुसार क्लिक इन्टरनेशनलले अमेरिका, क्यानाडा, अष्ट्रेलिया, नर्वे, जर्मनी, युएई, भारत लगायतका देशहरुमा नेपाली विद्यार्थीहरुलाई पठाउने गरेको बताए ।

अन्य कन्सल्टेन्सीहरुमा कन्सल्टे्न्सी मार्फत नै विद्यार्थीहरुको शैक्षिक शुल्क तिर्नुपर्ने प्रावधानले कन्सल्टेन्सीहरुप्रति अभिभावका साथै विद्यार्थीहरु सशंकित रहेको बताउँदै उनले क्लिक इन्टरनेशनल विद्यार्थीहरुको फिको ग्यारेण्टी गर्नुका साथै देश बाहिरका युनिर्भसीटीहरुसँग कन्ट्राक्ट गरेर विद्यार्थी पठाउनाले सुरक्षित रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top