ताजा समाचार


पोषणको क्षेत्रमा स्थानीयदेखि केन्द्र सरकारसम्मले अलग्गै बजेट छुट्टयाउनुपर्नेमा जोड

द रियल समाचार     २०७७ माघ १६, शुक्रबार, १९: १० मा प्रकाशित




जनकपुरधाम । पोषणको क्षेत्रमा स्थानीयदेखि केन्द्रसम्मको सरकारले अलग्गै बजेट छुट्टयाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि काम गर्ने संस्था सिसानले जनकपुरधाममा सञ्चारकर्मीहरुसँग गरेको एक अन्तरक्रिया कार्यक्रममा स्थानिय, प्रदेश सरकार र केन्द्र सरकारले पोषणको क्षेत्र सुधार गर्नका लागि अलग्गै बजेट छुट्याउनु आवश्यक रहेकोमा जोड दिइएको हो ।

प्रदेश २ नेपालमै मानव सुचकांकमा सबैभन्दा पुछारमा रहेको कुरो विदितै रहेको अवस्थामा यसलाई सुधार गर्ने दायित्व यहाँका स्थानीय पालिका तथा प्रदेश सरकारको समेत रहेको बहुक्षेत्रीय पोषण कार्यक्रमका प्रदेश संयोजक हेमन्त झाले बताए । उनका अनुसार पोषण क्षेत्रमा लगानी नभए देशकै ग्राहस्थ उत्पादनमा कमी आउने जानकारी दिदै पोषणमा लगानी गरिए १६ गुणा बढी प्रतिफल हाशिल गर्न सकिने बताए । एक तथ्यांकका अनुसार कुपोषणका कारण कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशतले कमी आउँछ ।

देशको सर्वांगिन विकासका लागि मातृ मृत्यु दर तथा शिशु मृत्यु दर कमी ल्याउनु आवश्यक रहेको बहुक्षेत्रीय पोषण कार्यक्रमकी सुधा कर्णले बताइन् । कार्यक्रममा सिसानका जयविर साहको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top