ताजा समाचार


मिथिला नगरपालिकाका विद्यालयहरु ५ दिनका लागि बन्द

द रियल समाचार     २०७७ माघ १६, शुक्रबार, १८: ३१ मा प्रकाशित




जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका सम्पूर्ण विद्यालयहरु ५ दिनसम्मका लागि बन्द गरिएको छ ।

चिसो र शीतलहरका कारण जनजिवन प्रभावित भएपछि बिद्यार्थीलाई विद्यालय आउन जान समस्या हुने भन्दै नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु भोलीदेखि बन्द गर्ने निर्णय गरिएको मिथिला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रचिन्द्र डंगोलले जानकारी दिए ।

नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरु आगामी माघ २१ गते शुक्रबारसम्म बन्द रहने उनले बताए । ५ दिनसम्मको बन्द अवधिको मिलान भने वर्षे र हिउँदे विदाबाट गरिने उनले जानकारी दिए । अत्यधिक चिसो बढेका कारण वातावरण असहज भई पठनपाठन कार्यमा कठिनाई भईरहेकोले माघ १७ गतेदेखि २१ गतेसम्मका लागि नगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

सामुदायिक विद्यालयहरूको अर्धवार्षिक परिक्षा सकिएको हुँदा उक्ता विदा अवधिभरी उत्तरपुस्तिका परिक्षण गरी विदा उपरान्त नतिजा प्रकाशन गरी नतिजा विवरण सहित शिक्षा, युवा तथा खेलकुद शाखामा जानकारी दिन प्रमुख प्रशासकीय अधिकृत डंगोलले आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top