ताजा समाचार


राष्ट्रिय इन्जिनियर संघको राष्ट्रिय भेला जनकपुरधाममा हुँदै

द रियल समाचार     २०७७ माघ १५, बिहीबार, १८: २६ मा प्रकाशित





जनकपुरधाम । राष्ट्रिय इन्जिनियर संघले आफ्नो राष्ट्रिय भेला जनकपुरधाममा गर्न लागेको छ । इन्जिनियरको हकहितमाथी केन्द्रित भएर छलफल गर्ने उद्देश्यले माघ १७ गते जनकपुरधाममा भेला हुन लागेको हो ।

मधेश केन्द्रित दलको शुभेच्छुक संस्थाको रुपमा रहेको संघको भेलामा ३० जिल्लाबाट १ हजारभन्दा बढी इन्जिनियरहरुको सहभागिता रहने संघका सचिव भवेश मिश्रले जानकारी दिए । उनका अनुसार भेलामा इन्जिनियरहरुसँग सम्बन्धित समस्या तथा त्यसको निदानको विषयमा समेत छलफल गरिने छ ।

भेलामा जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत् सिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललगायतका नेताहरुलाई अतिथिको रुपमा आमन्त्रित गरिएको छ ।

इन्जिनियरहरुले भेलाको पूर्वसन्ध्यामा शुक्रबार मोटरसाइकल रैली निकाल्ने इन्जिनियर भगवान झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top