ताजा समाचार


आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जनकपुरबाट एकजना पक्राउ

द रियल समाचार     २०७७ माघ १५, बिहीबार, १८: ०६ मा प्रकाशित





जनकपुरधाम । काठमाण्डौमा आफ्नै छोरीलाई कुटपिट गरी जबरजस्ती करणी गरेको आरोपमा जनकपुरधामबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर–५ घर भई हाल काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–५ जबमुडाँडामा बस्दै आएका ४५ वर्षीय भोला यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । यादव युवतीकी सौतेला बुवा रहेका छन् ।

युवतीकी आमाले मंगलबार आफ्नो संरक्षणमा बसेकी छोरीको नेपाल मेडिकल कलेजमा उपचार गराईरहेको अवस्थामा यादवले फोन गरी कोठामा गएर हेर तेरो छोरीको हालत देख्छेस भनेपछि कोठामा गएर हेर्दा आफ्नो छोरीको घाउचोट लागि रगत पच्छे भई अचेत अवस्थामा फेला परेको भनेर बालिकाकी आमाले महानगरीय प्रहरी वृत बौद्ध काठमाण्डौमा निवेदन दिएकी थिइन् ।

युवतीकी आमाले भोला यादवले छोरीलाई जवरजस्ती करणी पश्चात कुटपिट गरी घाईते बनाई भागेको हुँदा पक्राउ गरि कानुन बमोजिम कारवाही गर्न महानगरीय प्रहरी वृतमा उजुरी दिएकी थिइन् । वृतको पत्र अनुसार खोजतलास गर्ने क्रममा आज प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित रामानन्दचोकबाट नियन्त्रण लिई महानगरीय प्रहरी वृत बौद्ध काठमाण्डौ पठाईएको प्रवक्ता मिश्रले जानकारी दिए ।

हाल युवतीको उपचार राष्ट्रिय ट्रामा सेन्टर काठमाण्डौमा भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top