काठमाण्डौ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै पक्षलाई शुक्रबार बिहान छलफलका लागि बोलाएको छ ।
शुक्रबार बिहान साढे ११ बजे दुबै पक्षलाई छलफलका लागि बोलाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय नजिक आउन लागेकोले त्यस विषयमा छलफल गर्न तथा निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने उनले बताए ।
आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५÷५ जनालाई बोलाएको हो ।
प्रतिक्रिया