ताजा समाचार


मधेश प्याबसनसँग आबद्ध विद्यालयमा भोली विदा

द रियल समाचार     २०७७ माघ १५, बिहीबार, १४: ११ मा प्रकाशित




 

जनकपुरधाम । धनुषामा मधेश प्याबसनसँग आबद्ध विद्यालयहरूमा भोली शुक्रबार विदा रहने छ ।

शहीदहरुको सम्मान र सम्झनामा प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवसको अवसरमा जनकपुरधामस्थित नीजि विद्यालयहरुको छाता संगठन मधेश प्याबसनले भोली विदा दिने निर्णय गरेको हो ।

देशमा प्रजातन्त्र स्थापना तथा विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदहरुको सम्झनामा मधेश प्याबसनले विदा दिने निर्णय गरेको संगठनका धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रले जानकारी दिए ।

धनुषामा मधेश प्याबसनसँग आबद्ध २८ वटा निजी विद्यालयहरु रहेका छन् । सहिद दिवसमा केन्द्र सरकारले सार्वजनिक विदा कटौति गरिसकेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top