ताजा समाचार


ट्याङ्करसँग ठोक्किएर यात्रुवाहक बसमा आगलागी, ५३ को मृत्यु, २९ गम्भीर घाइते

द रियल समाचार     २०७७ माघ १५, बिहीबार, १२: २६ मा प्रकाशित




एजेन्सी । क्यामरुनमा एक यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ भने २९ जना गम्भीर घाइते भएका छन् ।

पेट्रोलियम पदार्थ बोकेको एक ट्याङ्करका चालकले नियन्त्रण गुमाएपछि बसमा ठोक्किएर आगलागी भएको बताइएको छ ।

देशको मध्यपश्चिम क्षेत्रस्थित क्लिफ अफ डिस्चाङ नामक स्थानमा बुधबार दिउँसो साढे ३ बजे सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।दुर्घटनामा परेको बसमा ७० सिट थियो ।

सरकारी अधिकारीहरूले दुर्घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top