ताजा समाचार


आरोपी उम्किन आर्थिक चलखेल,पीडितलाई प्रलोभनमा पारेर अरोपितको दौडधुप जारी

द रियल समाचार     २०७७ माघ १५, बिहीबार, ११: ५७ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीको भङ्गहा नगरपालिकामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षकालागि थुनामा रहेका वडासचिव कारवाहिबाट उम्किन आर्थिक चलखेल थालेको खुलेको छ ।

पीडित महिलालाई आर्थिक प्रलोभनमा पारेका वडासचिव पक्षधरले उच्च अदालत जनकपुरबाट उम्किन चलखेल थालेको हो ।

भङ्गहा नगरपालिका वडा नम्बर-९ हरिणमरीका ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत महोत्तरीको आदेशमा सोही वडाका वडासचिव ५२ वर्षीय मिथलेश यादव पुर्पक्षकालागि अहिले थुनामा छन् । थुनामा रहेका वडासचिवले उच्च अदालत जनकपुरमा पुनरावेदन गरी आर्थिक चलखेल सुरु गरेको बताइएको छ ।

०७७ मंसिर २० गते उच्च अदालत जनकपुरमा दर्ता भएको कैफियत प्रतिवेदन मुद्दामा माघ ८ गते न्यायाधिश प्रकाशचन्द्र गजुरेल र शकुन्तला घिमिरेको इजलासले सक्कल कागजात मगाउन आदेश दिएको थियो । यसअघि ३ पटक मुद्दाको पेशी स्थगित गरिएको थियो । पीडित महिलालाई आर्थिक प्रलोभनमा पारेका आरोपित वडासचिव पक्षले पछिल्लो समय उच्च अदालत जनकपुरमा फाँटबाला कर्मचारी र अन्य माध्यमबाट न्यायालयलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको छ ।

पीडित महिलालाई टतष्ठ बस्न ३ लाख नगद दिइएको चर्चा भएपनि प्रमाण भने भेटिएको छैन् । यसअघि आरोपित महिलालाई १० लाख रुपैयाँ र १० कठ्ठा जग्गा लिएर अदालतमा वयान फेर्न भनेका थिए ।

घरमा श्रीमानले बनाएको टोकरी बेचेर हरिणमरी बजारबाट असोज १४ गते घर फर्किंदै गर्दा ३५ वर्षीया महिलालाई वडासचिव यादवले जबरजस्ती करणी गरेको आरोप छ । घटनालगत्तै प्रहरीले आरोपित वडासचिव यादवलाई पक्राउ गरेको थियो ।

वडासचिव यादवले गाउँकै एकजना नेताको घरमा गई मेलमिलाप गराइदिन अनुनय समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top