ताजा समाचार


तिन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाईन्छ : प्रम ओली

द रियल समाचार     २०७७ माघ १४, बुधबार, ११: ३६ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।

कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै उनले भने,‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । सबैलाई निःशुल्क खोप उपलब्ध गराइने छ ।’

खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई समेत धन्यवाद दिए । उनले भारतबाट किनेर पनि खोप ल्याइने बताए ।

कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्रीहरु सहभागी भएका थिए ।

आज सातवटै प्रदेशका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप लगाउन सुरु गरिएको छ । ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ ।

आज १२ हजार जनालाई खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top