ताजा समाचार


कक्षा १२ को नतिजा आइतबार प्रकाशन हुने

द रियल समाचार     २०७७ माघ १४, बुधबार, ११: ०७ मा प्रकाशित




काठमाण्डौ । कक्षा १२ को नतिजा प्रकाशन गर्न अझै केहि समय लाग्न सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले आगामी आइतबारसम्ममा नतिजा प्रकाशित भईसक्ने जानकारी दिए ।

परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको उनले बताए । उनले भने,’माघ १० गतेभित्र नतिजा सार्वजनिक गर्ने भनिएपनि ढिलो भएको हो ।’

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नभएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।

कोरोनासंक्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्षा गत १६ मंसिरमा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top