एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करणको लिलामी मिति तोकिएको छ ।
आइपिएलको लिलामीका लागि मिनी अक्सनको मिति र स्थान तोकिएको हो ।
आइपिएलले मिनी अक्सन १८ फेब्रुअरीमा चेन्नइमा हुने जनाएको छ । आइपिएलको आयोजनाको लागि पहिलो रोजाइको रुपमा भारतलाई राखिएको छ भने दोस्रो विकल्पको रुपमा युएइलाई राखिएको छ ।
आइपिएलका ८ फ्रेन्चाइजीहरुले १ सय ३९ खेलाडी मध्ये कूल ५७ खेलाडी रिलिज गरेका छन् । राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथ र किङ्गस ११ पंजाबले ग्लेन म्याक्सवेललाई रिलिज गरेको हो ।
त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले १०, पंजाबले ९, राजस्थानले ८, मुम्बइले ७, चेन्नइ, कोलकाता र दिल्लीले ६-६ र हैदराबादले ५ खेलाडी रिलिज गरेका छन् ।
प्रतिक्रिया