ताजा समाचार


अख्तियारको छापा पश्चात यातायात कार्यालय जनकपुरको सम्पूर्ण परीक्षा स्थगित

द रियल समाचार     २०७७ माघ १४, बुधबार, १६: ३६ मा प्रकाशित




जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधामले लिखित तथा प्रयोगात्मक परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गरेको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख विरेन्द्र साहले बुधबार एक सूचना जारी गर्दै यस कार्यालयबाट हुने लिखित तथा प्रयोगात्मक परीक्षाहरु कार्यव्यस्तताका कारण अनिश्चितकालका लागि स्थगित गरेको जानकारी दिएका छन् ।

सूचनामा आज बुधबारदेखि शुक्रबारसम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु कार्यालयको कार्यव्यस्ताका कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको उल्लेख छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले हिजो मात्रै ७ घण्टासम्म अपरेशन गरेपछि २ लाख ७३ हजार ८ सय ५० रुपैयाँ सहित कार्यालयका एकजना कार्यालय सहयोगी र अर्का एक विचौलियालाई पक्राउ गरेको थियो ।

अख्तियारले कार्यालय सहयोगी भोगेन्द्र कापरलाई २ लाख २३ हजार ८ सय र विचौलिया राज किशोर भगतलाई ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top