ताजा समाचार


यातायात कार्यालय जनकपुरमा विगत ४ घण्टादेखि अख्तियारको छापामारी जारी

द रियल समाचार     २०७७ माघ १३, मंगलवार, २०: २१ मा प्रकाशित





जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विगत ४ घण्टादेखि छापा मार्ने क्रम जारी राखेको छ ।

सेवाग्राहीसँग घुस वापत लिएको मोटो रकम कार्यालयमै रहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट आएको टोलीले अपरान्ह ४ बजेदेखि नै कार्यालयमा छापामारी जारी राखेको हो ।

सवारी चालक परिचयपत्रवापत उठाएको घुसको ठुलो रकम कार्यालय भित्र नगद नै भेट्ने जानकारी अख्तियारलाई पुगेपछि टोलीले अनुसन्धान जारी राखेको अख्तियार कार्यालय बर्दिवासका अधिकृत मनिराम ज्ञवालीले बताए ।

उनले भने,‘गोप्य सूचनाको आधारमा हामी यहाँ आएका हौं । यहाँ अवैध रकम भेटाउने जानकारी आएपछि ४ बजेदेखि नै छापामारी भईरहेको छ । टोलीले अहिलेसम्म अनुसन्धान जारी नै राखेको छ ।’

उनले टोली कार्यालय भित्र प्रवेश गरेपछि कर्मचारीहरु भाग्न खोजेको बताए । कार्यालय भित्र कार्यालय प्रमुख, दुईजना करारका कर्मचारी, एकजना कार्यालय सहयोगी र दुईजना विचौलियालाई कार्यालयभित्रै थुनेर राखिएको छ ।

यातायात कार्यालयमा गैर कानुनी तरिकाले लाईसेन्स बनाए वापतको करिब १ करोड रुपैयाँ नगद हुनसक्ने अनुमान गरिएको छ । टोलीले अहिलेसम्म अनुसन्धान जारी नै राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top