ताजा समाचार


दाहाल–नेपाल समूहद्धारा काठमाण्डौमा सिट्ठी जुलुस प्रदर्शन

द रियल समाचार     २०७७ माघ १३, मंगलवार, १८: ५८ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलनको शुरुवात गरेको छ ।

संसद विघटन विरूद्ध दुई चरणको आन्दोलन सम्पन्न गरिसकेको दाहाल–नेपाल समूहले आज दिउँसो काठमाण्डौमा सिट्ठी जुलुस प्रदर्शन गर्दै तेस्रो चरणको आन्दोलनको शुरुवात गरेको हो ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत आज लैनचौरबाट सिट्ठी जुलुस निकालेर जनताको आवाज सुन्न प्रधानमन्त्री ओलीलाई दबाब दिइएको दाहाल–नेपाल समूहले जनाएको छ । लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिएको थियो । संघर्ष समितिको अगुवाईमा निकालिएको जुलुसमा दाहाल–नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिट्ठी बजाएर संसद विघटनविरुद्ध खबरदारी गरेका थिए ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत राजधानी बाहिरका बुटवल, विराटनगर र धनगढीमा पनि प्रदर्शन गरिएको थियो । त्यस्तै भोलीदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सदस्यहरूले माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

१६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा ¥याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते विशाल प्रदर्शन गरिने जानकारी दिइएको छ । संसद विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहलगायत जसपा र नेपाली कांग्रेस पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top