ताजा समाचार


काँग्रेसद्धारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

द रियल समाचार     २०७७ माघ १३, मंगलवार, १८: २७ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको संसद विघटनको विरोधमा नेपाली काँग्रेसले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको आज पार्टी कार्यालयमा बसेको बैठकले माघ १९ गते भ्रातृ संस्थाले, २४ गते शुभेच्छुक संस्थाले र ३० गते देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एकजना केन्द्रिय सदस्यले जानकारी दिए ।

नेपाली काँग्रेसले यसअघि पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ गते प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top