ताजा समाचार


गाँजा बिक्री गर्ने ३ जना सिरहाबाट पक्राउ

द रियल समाचार     २०७७ माघ १३, मंगलवार, ११: ५७ मा प्रकाशित




सिरहा । गाँजा बिक्री गर्ने ३ जनालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषाको कमला नगरपालिकाका ३३ वर्षीय संजिब मण्डल, ३३ वर्षीय शम्भु यादव र सिरहाको मिर्चैया नगरपालिका-८ का १८ वर्षीय दिपेन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

उनीहरुलाई मिर्चैया नगरपालिका-९ स्थित रण बहादुर श्रेष्ठको घरमा गाँजा राखेर लुकाई छिपाई बिक्री वितरण गरिरहेको विशेष सुराकीको अधारमा पक्राउ गरिएको प्रवक्ता शर्माले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय मिर्चैया र सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटेको सशस्त्र प्रहरीको टोलीले श्रेष्ठको घर खानतलासी गर्दा पलाष्टिकको बोरामा बाँधेर राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top