ताजा समाचार


दाहाल-नेपाल समूहको तेस्रो चरणको आन्दोलन आजदेखि सुरू

द रियल समाचार     २०७७ माघ १३, मंगलवार, ११: ३९ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन सुरू गरेको छ ।

संसद विघटन विरूद्ध दुई चरणको आन्दोलन सम्पन्न गरिसकेको दाहाल-नेपाल समूहले आज दिउँसो सिट्टी जुलुस प्रदर्शन गर्दै तेस्रो चरणको आन्दोलन शुरुवात गर्न लागेको हो ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत आज दिउँसो ३ बजेदेखि लैनचौरबाट सिट्टी जुलुस निकालेर जनताको आवाज सुन्न प्रधानमन्त्री ओलीलाई दबाब दिन लागिएको दाहाल-नेपाल समूहले जनाएको छ ।

लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर कोणसभा आयोजना गरिने छ । संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल-नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिट्टी बजाएर संसद विघटनविरुद्ध खबरदारी गर्ने छन्।

त्यस्तै भोलीदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सदस्यहरूले माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

१६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा र्‍याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते विशाल प्रदर्शन गरिने जानकारी दिइएको छ ।

संसद विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल समूहलगायत जसपा र नेपाली कांग्रेस पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top