ताजा समाचार


अधिकारीलाई सरकारी कार्यालयमै कुटपिट गरियो

द रियल समाचार     २०७७ माघ १२, सोमबार, १९: ०१ मा प्रकाशित





जनकपुरधाम । पत्रपत्रिका व्यवसायी भरतप्रसाद अधिकारीलाई सरकारी कार्यालय परिसरमै कुटपिट गरिएको छ ।

सौतेनी आमाकी छोरीहरुले ८५ वर्षीय बुवालाई ललाईफकाई जग्गा रजिष्ट्रेशन गर्न मालपोत कार्यालय महोत्तरी बर्दिवासमा बोलाएर योजनावद्ध तरिकाले व्यवसायी अधिकारीलाई कुटपिट गरिएको हो ।

माघ ८ गतेका दिन सौतेनी आमापट्टीका छोरीहरु शान्ता गौतम, सावित्री गौतम र शोभा गिरीले योजनावद्धढङ्गले बुवा विष्णुप्रसाद अधिकारीलाई महोत्तरीको बर्दिवासमा रहेको १ कठ्ठा सहितको जग्गामा रहेको घर समेत आफ्नो नाममा गर्न मालपोत कार्यालय बर्दिवासमा गुपचुप लगेको समयमा कर्मचारीले छोरा बारे सोधखोज गरी कार्यालयमा आउन भनेको थियो । सोही समयमा भरतप्रसाद अधिकारीलाई उनकी बहिनीहरुले यूवाहरुको एक समुहलाई बोलाएर कार्यालयको मुलढोका निर निर्घातरुपमा कुटपिट गरेको थियो ।

यता मालपोत कार्यालय बर्दिवासले भने केहि दिनका लागि सो जग्गा नामसारी रोक्का गरेको छ भने घाइते भरत प्रसाद अधिकारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा गरिएपछि अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

अधिकारी दुई दाजुभाई छन् भने सौतेनी आमा पक्षका तिनै जना छोरीहरुको विवाह भइसकेको छ । अधिकारी जनकपुरधामको रामचोकस्थित जनज्योती पत्रपत्रिका केन्द्रका सञ्चालक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top