काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ गते काठमाण्डौमा जनसभा गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जनसभा बारे जानकारी गराइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सो जनसभामा जिल्ला जिल्लामा जन परिचालन गरी व्यापक जनसहभागिता गराइने बताइएको छ ।
माघ १७ भित्र सबै पालिकामा ३०१ र वडा स्तरमा १०१ सदस्यीय जनासभा परिचालन कमिटी गठन गरी उक्त कमिटीले योजना बनाई घरघरमा जनसभाको प्रचारप्रसार गरी जनतालाई सहभागिता गराउने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
जनसभाअघि मोटरसाइकल र्याली, सांस्कृतिक झाँकीलगायत प्रदर्शन गर्ने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया