ताजा समाचार


ओबिसीको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

द रियल समाचार     २०७७ माघ १२, सोमबार, १४: १२ मा प्रकाशित




–विजय साह, जनकपुरधाम । पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघमा शनिबारबाट सुरु ओबिसीको राष्ट्रिय महाधिवेशन सोमबार पत्रकार सम्मेलन गरि सम्पन्न भएको हो ।

महाधिवेशनले राष्ट्रिय अध्यक्षमा रामकुमार महतोसहित ४५ सदस्य केन्द्रिय पदाधिकारी चयन गरेको छ । चयन भएका पदाधिकारीमध्ये अध्यक्षसहित ४१ जना निर्विरोध निर्वाचित भएका थिए भने ४ जनालाई केन्द्रिय कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिएको छ ।
महाधिवेशनले पहिचान, अधिकार, सम्मान र नागरिकतालगायतका एजेण्डा तय गरेको जानकारी दिँदै राष्ट्रिय अध्यक्ष रामकुमार महतोले पिछडावर्गले उठाउँदै आएको मागहरुलाई महाधिवेशनबाट थप उर्जा पुगेको बताए ।

महाधिवेशनले पछिल्लो कामको समिक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३५ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गरेको छ ।

महाधिवेशनमा पूर्वमेचीदेखि मधेशको २१ जिल्लाका गरि २ सय ५५ जना महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको थियो भने पर्यवेक्षक आमन्त्रित गरि लगभग ५ सयबढीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top