काठमाण्डौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गरिरहेका २६ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो १२ बजे बालुवाटार पुगेर प्रदर्शन गरिरहेका शान्ति समाजको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ पर्नेहरु समाजका सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु सुरज बोहरा, रामचन्द्र खतिवडा, ईश्वर पुडासैनी, पुरुषोत्तम घिमिरे, उमा गौतम, रमेश बराल, माँया भट्टराई, सानु लामा, लक्ष्मी राना, आर.एस.महतो, भगवान पुडासैनी, डिकम्बर राणा, किरण ढकाल, किङकङ राई, रोज विष्ट, मोहीणीप्रसाद आचार्य,संजोग राईलगायतकाहरु रहेका छन् ।
शान्ति समाजको टोलीले बालुवाटार अगाडी ओली सरकार ः कीर्तेतन्त्र बन्द गर, प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसको चौतर्फि विरोध हुँदै आएको छ ।
प्रतिक्रिया