काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूूहले संसद विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
संघर्ष समितिले सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । नेकपा दाहाल–नेपाल समूहले माघ १३ देखि २८ गतेसम्मका लागि तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको पार्टीका प्रवक्ता समेत रहेका संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
दाहाल–नेपाल समूहले माघ १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते दिउँसो १ बजे शान्तिबाटीकाबाट ‘जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम’ लैनचौर प्रस्थान गर्ने, २२ गते काठमाडौंमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते वृहत विरोध प्रदर्शन लगायतका कार्यक्रमहरु घोषणा गरेको छ ।
नेकपा दुबै पक्षको निर्णय निर्वाचन आयोगले अमान्य घोषणा गरेकोप्रति बोल्दै श्रेष्ठले आफूहरुले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दावी गरे ।
प्रतिक्रिया