ताजा समाचार


गुडिरहेको ट्रयाक्टरबाट लडेर एक बालकको मृत्यु

द रियल समाचार     २०७७ माघ १२, सोमबार, ०९: ४० मा प्रकाशित




सप्तरी । सप्तरीमा गुडिरहेको ट्रयाक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको खडक नगरपालिका वडा नम्बर-९ लालपट्टीस्थित भित्री सडकखण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको ट्रयाक्टरबाट लडेर सोहि ठाउँ बस्ने दूर्गा भगतका १२ वर्षीय छोरा विशाल भगतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लग्नेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए ।

दुर्घटना पश्चात ट्रयाक्टरका चालक खडक नगरपालिका-१० बस्ने २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top