ताजा समाचार


मिनापलाई १० लाख सहयोग गर्ने प्रदेशसभा सदस्य साहको प्रतिवद्धता

द रियल समाचार     २०७७ माघ ११, आईतवार, २३: २२ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर-२ का प्रदेशसभा सदस्य परमेश्वर साहले मिथिला नाट्यकला परिषद् (मिनाप) लाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रदेशसभा सदस्य साहले मिनापको भवन निर्माणका लागि सो रकम सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मैथिली भाषा, साहित्य एवं कला संस्कृतिको संरक्षण सम्बर्द्धनका लागि निरन्तर कार्य गर्दै आएको मिनापलाई प्रदेशसभा सदस्य साहले आफ्नो संसदीय विकास कोषबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको मिनापका अध्यक्ष परमेश झाले बताए ।

आइतवार मिनापको निर्माणाधिन भवनको निरिक्षण गर्न पुगेका प्रदेशसभा सदस्य साहले नाट्य क्षेत्रमा अनवरत रुपमा लागेको संस्था मिनापलाई सहयोग गर्न पाएकोमा आफुले गौरवान्वित महशुस गरेको बताए ।

मिनापका सचिव सन्दिप साहले भने,‘हामीले सांसद साहलाई नयाँ भवनको अवलोकनका लागि बोलाएका थियौं,आज समय निकालेर आएपछि सहयोगको प्रतिवद्धता जनाउँदा हामी झन बढि उत्साहित भएका छौं ।’

प्रदेशसभा सदस्य साहले निर्माणाधिन भवनको निरिक्षण पश्चात मिनापका कलाकारहरुसँग छलफल समेत गरेका थिए ।

तस्बिरहरु : शैलेन्द्र मल्लिक, महासचिव, मिनाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top