ताजा समाचार


नेकपा विभाजन विधानसम्मत देखिएन् : निर्वाचन आयोग

द रियल समाचार     २०७७ माघ ११, आईतवार, २१: ४९ मा प्रकाशित




काठमाण्डौ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली र प्रचण्ड–माधव समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले दुबै समूहको दाबी नपुगेकोले मान्यता नदिने निष्कर्ष निकालेको हो ।

एकजना आयुक्तले भने,‘प्रचण्ड–माधव र ओली समूहले गरेको मनोमानी निर्णयलाई मान्यता नदिने निर्णय गरिएको हो । उनले दुबै समूहले विवरण संशोधन गर्नका लागि गरेको दाबी विधानसम्मत नदेखिएको बताए ।

पार्टीमा प्रचण्ड–माधव समूहले केपी ओलीलाई पार्टी अध्यक्षपदबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो भने ओली समूहले केन्द्रिय सदस्य थपेको थियो ।

निर्वाचन आयोगले दुबै समूहलाई आफ्नो दाबी सच्याएर ७ दिने म्यादसहित प्रस्तुत गर्न पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top