ताजा समाचार


महोत्तरीमा टिपरले सशस्त्र प्रहरीको भ्यानलाई दियो ठक्कर

द रियल समाचार     २०७७ माघ ११, आईतवार, १९: १४ मा प्रकाशित




महोत्तरी । महोत्तरीमा टिपरले सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर–२ स्थिति भोल्हीमा सम्सी तर्फ जाँदै गरेको ना.२.क ८०५ नम्बरको टिपरले पोखरभिण्डा बिओपिबाट मनरा तर्फ जाँदै गरेको ना.१.झ ८९४ नम्बरको सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिएको हो ।

टिपरले सशस्त्र प्रहरीको भ्यानलाई ओभरटेक गर्ने क्रममा यो दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । ठक्करबाट प्रहरीको भ्यानमा क्षति पुगेको छ ।

टिपरका चालक महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३४ वर्षीय बिरेन्द्र महतोलाई मनरा प्रहरीचौकीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top