ताजा समाचार


ओबिसीको राष्ट्रिय अध्यक्षमा महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित

द रियल समाचार     २०७७ माघ ११, आईतवार, १६: ०८ मा प्रकाशित




–विजय साह
जनकपुरधाम । पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा रामकुमार महतोसहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरधाम उद्योग बाणिज्य संघमा शनिबारदेखि जारी रहेको पिछडावर्ग ओबिसीको महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा महतोसहित ४१ जना नयाँ पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । महतोको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिको उपाध्यक्षमा ५ जना, महासचिवमा १ जना, सह–महासचिवमा २ जना, सचिवमा २ जना, कोषाध्यक्षमा १ जना र सह–कोषाध्यक्षमा १ जना रहेका छन् ।

त्यस्तै महिला सदस्यमा १० जना र पुरुष सदस्यमा १८ जना गरि ४१ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत कालेश्वर महतोले प्रमाण पत्र वितरण गर्नुका साथै सपथ ग्रहण समेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top