काठमाण्डौ । नेपालमा कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाइने भएको छ ।
आइतबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी १४ गते बुधबार बिहान १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने बताइएको छ ।
भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप ‘कोभिशिल्ड’ अनुदानमा उपलब्ध गराएको हो । सरकारले पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्र भागमा रहेर काम गर्नेलाई खोप लगाउने बताइएको छ ।
सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ ।
प्रतिक्रिया