ताजा समाचार


संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रम ओली

द रियल समाचार     २०७७ माघ ११, आईतवार, १५: ३८ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरु देश विरोधी रहेको बताएका छन् ।

काठमाण्डौमा आज अपाङ्गता भएका व्यक्तिहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफूले देशमा स्थिरता कायम गर्न संसद विघटन गरेर जनतामा जाने निर्णय गरेको बताए । उनले भने,‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर केहि मान्छे कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी हुन् ।’

केहि प्रतिक्रियावादीहरु बहुमतको सरकारलाई तोडेर जोडजामको सरकार बनाउने चलखेल गर्नुका साथै देशमा अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानका लागि आफूले संसद विघटन गरेको उनले बताए । ओलीले प्रश्न गर्दै भने,‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह कसरी भएँ ?’

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्ने तत्वहरुलाई ठेगान लगाउन जनतासँग आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top