ताजा समाचार


प्रदेश १ का मुख्यमन्त्री राई मोडल जाङ्मुसँग बैबाहिक बन्धनमा बाँधिए

द रियल समाचार     २०७७ माघ ११, आईतवार, १५: २७ मा प्रकाशित




काठमाण्डौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई बैबाहिक बन्धनमा बाँधिएका छन् । ४९ वर्षीय मुख्यमन्त्री राई २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज बैबाहिक बन्धनमा बाँधिएका हुन् ।

मुख्यमन्त्री राईले काठमाडौंको एक पार्टी प्यालेसमा सानो जमघटको आयोजना गरि विवाह गरेका हुन् । बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएर परम्परागत विधिबाट विवाह गरेका छन् ।

विवाहमा राई निटकस्थ करिब दुई दर्जन व्यक्तिलाई मात्र जन्ति जाने निम्तो दिइएको थियो । यता, आजै हुने रिसेप्सनमा भने राष्ट्रपति, प्रधानमन्त्रीलगायतका भीभीआईपीहरू निमन्त्रण गरिएको छ । कोरोनाका कारण रिसेप्सनमा पनि धेरै मान्छे निम्त्याइएको छैन् ।

मुख्यमन्त्री राई र जाङ्मु केही समयदेखि प्रेम सम्वन्धमा थिए । जाङ्मु सन् २०१८ कि ‘मिस मंगोल’ हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top