एजेन्सी । भारतको उत्तराखण्डमा १९ वर्षीया एक किशोरीलाई एकदिनका लागि मुख्यमन्त्री बनाइएको छ ।
हरिद्वार जिल्लाको दौलतपुर गाउँकी श्रृष्टि गोस्वामीलाई आज (आइतबार) सम्मका लागि उत्तराखण्ड सरकारले मुख्यमन्त्री बनाएको हो ।
आज राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाइएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् । एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनु रहेको उनले बताइन् ।
पीजी कलेज रुडकीमा बीएससी एग्रिकल्चर सातौं सेमेस्टरमा अध्ययनरत छात्रा सृष्टिले आफूले यो क्षणलाई विश्वासै गर्न नसकिरहेको प्रतिक्रया दिएकी छन् । सृष्टिले सरकारले गर्न लागेका विभिन्न कामको अवलोकन तथा अधिकारीहरूबाट ब्रिफिङ सुन्ने भएकी छन् ।
उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बन्ने भएपछि सृष्टि गोस्वामी अहिले सामाजिक सञ्जालमा भाइरल भएकी छन् । सृष्टिका पिता प्रविण पुरी एउटा किराना पसल सञ्चालन गरेर आफ्नो घरपरिवार चलाईरहेका छन् ।
प्रतिक्रिया