एजेन्सी । चिलीको दक्षिणी शेटलैंड द्विपमा भूकम्पको ठुलो झटका महसूस गरिएको छ । भूकम्प पश्चात सुनामीको समेत चेतावनी जारी गरिएको छ । सो भूकम्पको तिब्रता ७ रेक्टर मापन गरिएको हो ।
अमेरिकी भूगर्भीय सर्वेक्षण डाटाका अनुसार भूकम्प स्थानीय समयानुसार शनिबार राती ११ बजेर ३६ मिनेटमा महसूस गरिएको थियो । भूकम्पको केन्द्र दक्षिण शेटलैंड द्विप नजिकै ७.८ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।
सैन्य ठेगानाहरुलाई खाली गर्न सरकारले निर्देशन दिएको छ । भूकम्पबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया