ताजा समाचार


वीरगञ्जमा ११ वर्षीया एक बालिका बलात्कृत

द रियल समाचार     २०७७ माघ ११, आईतवार, १०: ४८ मा प्रकाशित




पर्सा । वीरगञ्जमा ११ वर्षीया एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने बालिका बलात्कृत भएकी हुन् ।

भारतीय नागरिक नेहाल मियाँले शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीले मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी गरिरहेको छ ।

घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए ।

सोही क्रममा उनले बालिकालाई जर्बजस्ती करणी गरेको बताइएको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए । बालिकाको स्वास्थ्य जाँच गराउँदा ति बालिकालाई जर्बजस्ती करणी नै गरिएको चिकित्सकले प्रहरीलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top