ताजा समाचार


गणतन्त्र र धर्मनिरपेक्षता देशकै लागि समस्या : डा.लोहनी

द रियल समाचार     २०७७ माघ १०, शनिबार, १९: ३२ मा प्रकाशित




जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले गणतन्त्र र धर्मनिरपेक्षता देशकै लागि समस्या बनेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषाद्धारा आज जनकपुरधाममा आयोजना गरिएको पार्टीको झण्डोतोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा बोल्दै डा.लोहनीले राजनीतिक दलहरु गैरजिम्मेबार भएको देखेर आफू दुःखी भएको बताए ।

उनले भने,‘राष्ट्रिय एकता, युवाको रोजगारी, कलकारखाना सञ्चालन, सुशासन लगायतका कामप्रति दलहरु बेखबर रहेको र जनताले दिएको जनमतलाई सत्ताधारीले लत्याएको कारण आम जनता चिन्ताले पीरोलिएका छन् ।’ लोहनीले विदेशीको इशारामा राजसंस्थाको अन्त्य गरिएको जिकिर समेत गरे । उनले १२ बुँदे सम्झौतामा पनि राजसंस्था फाल्नुपर्छ भनेर नभनिएको बताए । संविधानको संरक्षण गर्नपनि अहिलेको तरल राजनीतिक अवस्थामा राजसंस्था आवश्यक रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको उनले बताए । लोहनीले भने,‘गणतन्त्र र संविधान उनीहरूलाई बाँदरको हातमा नरिवल भइसकेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top